Halloween party ideas 2015

18619-20170111112830.jpg
तेह्रथुम । जिल्लामा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने क्रम बढेको छ । किसानले खाद्यान्न बालीको सट्टा व्यावसायिक रुपमै अकबरे खेती गर्न थालेपछि मनग्ये आम्दानी गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष करिब ४७ करोड रुपैयाँको अकबरे खुर्सानी उत्पादन भएको छ । जिल्लाका किसानले २५ हेक्टर जमिनमा लगाएको अकबरे खेतीबाट यस वर्ष ३१२ मेट्रिक टन अकबरे फलाएका हुन् । जसको खुद्रा मूल्य प्रतिकेजी १५० रुपैयाँका दरले मात्रै पनि ४६ करोड ८० लाख हुन्छ । बजारमा अकबरे खुर्सानी प्रतिकिलो न्यूनतम् एक सयदेखि चार सय रुपैयाँसम्ममा किनबेच हुने गर्दछ । गत वर्षभन्दा यस वर्ष ६२ मेट्रिक टन बढी अकबरे उत्पादन भएको कार्यालयका बागबानी विकास अधिकृत दिपा देवको भनाइ छ । जिल्लामा अलैंची र अदुवापछि बढी खेती गरिने नगदेबाली अकबरे खुर्सानी हो । परम्परागत शैलीमा खेती गर्दै आएका किसान भारतीय बजारबाट समेत अकबरेको माग आउन थालेपछि अझ उत्साहित भई व्यावसायिक खेतीमा लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।

Post a Comment

Powered by Blogger.