Halloween party ideas 2015


दमक | झापाको दमकस्थित ग्रेस कृषि सहकारी संस्थाले माटो, बाली तथा विषादी सम्बन्धिको जनचेतना मुलक कार्यक्रम संचालन गरेको छ । संस्थाले आज दमक ४ स्थित स्थानिय कृषक तथा करिब २० वटा कृषक समुहहरुलाई आवद्ध गराएर उक्त जनचेतना अभियान शुरुगरेको हो ।
अभियानका क्रममा कृषकहरुको माटो परिक्षण तथा बालीमा बाषादीको प्रयोग सम्बन्धि चेतनामुलक कार्यक्रमहरु संचालन गरिने भएको छ । कार्यक्रममा सहभागि कृषकहरुलाई प्रितम लिम्बु र रुकुम गुरुङले सहजीकरण गर्नुभएको छ । तिन दिन सम्म संचालन हुने सो भनियानका क्रममा कृषकहरुबाट संकलन भएको माटोको नमुना परिक्षण समेत गरिने संस्थाकी अ्ध्यक्ष लक्कि सिटौलाले जानकारी दिनुभयो ।

Post a Comment

Powered by Blogger.