Halloween party ideas 2015

18549-20170109105857.jpgतेह्रथुम । जिल्लाका किसान व्यावसायिक अर्ग्यानिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । खाद्यान्न बालीबाट सोचजति आम्दानी गर्न नसकेपछि किसानहरु अर्ग्यानिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।  सिंचाई अभाव, काम गर्ने जनशक्ति पलायन, बढ्दो जलवायु परिवर्तन र बदलिँदो खेती प्रविधिका कारण खाद्यान्न बालीबाट उल्लेख्य आम्दानी गर्न नसकेका किसानले तरकारी खेतीबाट भने राम्रो आम्दानी गरिरहेका छन् । जिल्लाका आङ्दिम, सुदाप, ओख्रेलगायत १४ गाउँका किसानले अर्ग्यानिक तरकारी खेती गरिरहेका छन् । किसानले गोलभेंडा, काउली, रायो, बन्दा, आलु, मुला, गाँजरलगायत तरकारी लगाएका छन् । यहाँका किसानले तरकारी खेतीबाट वार्षिक ५० हजारदेखि चार लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । हाल जिल्लामा करिब ५ सय हेक्टरमा व्यावसायिक तरकारी खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

Post a Comment

Powered by Blogger.