प्रख्यात फ्रान्सेली फेसन ब्रान्ड ‘मोन्टे कार्लो’ ले अाफ्ना आकर्षक छुटको घोषणा गरेको छ । दबारमार्ग, कुमारीपाटी र सिभिल मलमा रहेको आफ्नो शो-रुमहरुबाट मोन्टे कार्लोले ७० प्रतिशतसम्म छुटसहितको सेवा सुरु गरेको मोन्टे कार्लोकी सेल्स म्यानेजर निशी शर्माले जानकारी दिइन् ।
विभिन्न फेसन वेयरका आइटमहरुमा २५ प्रतिशतसम्मको छुटसहितको अफर लागू भएको छ । यो ब्राण्डको शो-रुम करिव ७ वर्षअघि सिभिल मलमा पहिलो आउटलेट खुलेको थियो । नेपालमा जम्बो क्रियसन एण्ड फेसनले ‘मोन्टे कार्लो’का उत्पादन बिक्री गर्दै आएको छ ।
विश्वभर ख्याती कमाएको फेसन ब्रान्ड मोन्टे कार्लो नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ । अहिले मोन्टे कार्लोका नियमित ग्राहकहरु उच्च दरमा बढ्ने क्रममा छ ।
ऊनीका स्वीटरमा मोन्टे कार्लो प्रख्यात मानिन्छ । मान्टे कार्लोका स्वटेरमा शत प्रतिशत ऊन प्रयोग गरिन्छ । सोरुममा टिसर्ट, सर्ट, ट्रयाकसुट, ट्राउजर, पाइन्ट, ज्याकेट, हुड, जम्पर, फर्मल पाइन्ट लगायत उपलब्ध छन् ।
महिलाका लागि कुर्ती, कुर्ती सेट, ट्रयाकसुट, ज्याकेट, लङकोट, हुड, फुल स्लिप टिसर्ट, जम्पर, स्वेटर, लेगिन्स लगायतका कपडाहरु मोन्टेकार्लोले बेच्ने गरेको छ ।
मोन्टे कार्लोका यी सबै कपडाहरु भारतको लुदियानामा रहेको उद्योगबाट आयात गरिँदै आएको छ । नेपालमा मोन्टे कार्लोका ग्राहक मध्यम तथा उच्च वर्गका हुने गरेका छन् ।
मोन्टे कार्लोका लुगाहरु गुणस्तरीय मानिन्छ । लुगाहरु तन्किने, खुम्चिने, भुवा आउने, रङ जाने लगायतका समस्या नभएको कम्पनीको दाबी छ ।
Post a Comment