पाल्पाको दोभान, ४ श्रीडाँडामा सोमबार राति भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । दोभानकै २ नम्बर वडाको देउरालीबाट बिहेमा बाजा बजाउन गएर फर्किदै गर्दा जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर दोभान, २ का २६ वर्षिय यमबहादुर गाहा, ४१ वर्षिय जसबिर बाकाबल, ३१ वर्षिय मीनबहादुर थापा, ४२ वर्षिय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीय यमप्रसाद पौडेलले बताए । लु १ ज २६८९ नम्बरको जीप दुर्घटनामा चार जनाको अवस्था गम्भिर रहेको छ । घाइते सबैको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
ओरालो कच्ची बाटोमा दुर्घटना भएको जीप सडकबाट १ सय २० मिटर भीरमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले राती दुर्घटना भएकाले विस्तृत विवरण आइनसकेको जनाएको छ ।
Post a Comment