सिँचाई मन्त्री दिपक गिरीले २ सय वर्षदेखि मधेसमा बसेर सीमा सुरक्षा गर्ने 'सच्चा राष्ट्रवादी'लाई समेटर जान खोजेकोले निर्वाचनको मिति घोषणामा ढिलाइ भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री गिरीले यस्तो बताएका हुन् । ‘मजबुत राष्ट्रियता निर्माणका लागि मधेसवादी दलबिना निर्वाचनमा जानु उचित हुँदैन,’ उनले भने, ‘नक्कली राष्ट्रवादी बनेर हुँदैन, २ सय वर्षदेखि मधेसमा बसेर सीमा सुरक्षा गर्ने मधेसी हो, चाहे ऊ मधेसी मूलको होस् वा पहाडी मूलको होस् ।’ उनले व्यवस्थित रुपमा र सही तरिकाले निर्वाचन गराउन सबैसँग सहमतिका लागि वार्ता र छलफल चलिरहेकोले मात्रै निर्वाचन मिति घोषणामा ढिलाइ भएको बताए ।

‘संविधान आयो तर कार्यान्वयन हुन सकेको छैन र त्यसकै लागि वार्ता र छलफल चलिरहेको छ’ उनले भने, ‘वार्ता भनेको सम्झिने र सम्झाउने भएकोले मधेसवादी र एमाले दुबै ठीक ठाउँ आएर व्यवस्थित र सही तरिकाले निर्वाचन हुन्छ ।’
स्थानीय निकायको १८ वर्षदेखि निर्वाचन हुन नसकेकोले जनता अधिकारबाट बञ्चित भएकोले तत्काल स्थानीय निकायको निर्वाचन हुने बताए ।
Post a Comment