Halloween party ideas 2015


कुनैबेलाका चर्चित फुटबल खेलाडी प्रलयराज भण्डारी अहिले अमेरिकामा बस्छन् । एन्फाको पहिलो व्याज र थ्रीस्टारका डिफेन्स खेलाडी भण्डारी १० वर्षअघि अमेरिका भासिएका हुन् । 
कम्प्युटर साइन्स पढ्न गएका राजभण्डारी केहीदिनअघि पोखरामा सञ्चालित आहा गोल्डकपमा खेल्न अमेरिकाबाटै खेलाडी टिम सहित आए । बाल्यकालमा फुटबललाई भविष्य बनाउने सोंच थियो । तर, अहिले फुटबल उनको दोस्रो रोजाइमा पर्दछ र पहिलो हो- विजनेश । 
कम्प्युटर साइन्समा मास्टर गरेका यी युवासहित तीनजना अहिले अमेरिकामै बसेर नयाँ प्रविधिको विजनेशमा लागेका छन् । ‘कनेक्ट टु नेपाल’ नामको एप विकास गरी इन्टरनेटबाटै नेपालको एनटीसी र एनसेलमा रिचार्ज गर्न सकिने प्रविधि उनीहरुले केही समयअघि विकास गरे । 
अहिले यसैलाई कम्पनीको रुपमा लगेका छन् । यसलाई विश्वभर फैलाउन राजभण्डारीका साथमा छन् राजीव श्रेष्ठ र गोपाल सापकोटा । राजभण्डारी कम्पनीका मार्केटिङ डाइरेक्टर हुन भने राजीव सिइओ र सापकोटा टेक्निकल डाइरेक्टर छन् । 
यो एप बनाउन उनीहरुले झन्डै २५ लाख खर्च गरेका छन् । यसका माध्यमबाट विश्वभर छरिएका नेपालीहरुले नेपालको घरमा रहेका आफ्ना बाबुआमा र परिवारलाई मोबाइलमै सजिलै रिचार्ज गरिदिन सक्छन् । इन्टरनेटमा भिसा कार्डको माध्यमबाट रिचार्ज गर्न सकिन्छ । पछि उनीहरुले यसका लागि छुट्टै स्मार्ट कार्ड बनाउने तयारी समेत गरेका छन् । 
यो एप आइओएस र एन्ड्रोइड भर्सन दुवैमा उपलव्ध छ । आफ्नो इमे‍ल एकाउण्टमा रजिष्टर गरेपछि नेपालको कुनैपनि नम्बरमा सहजै रिचार्ज गर्न सकिन्छ । 
‘नेपालमा बस्ने बुढा बाबुका विदेशमा बसेका छोराछोरीहरुले सजिलै रिचार्ज गर्न सकेका छन्,’ हाल नेपालमा रहेका राजभण्डारीले कान्तिपुरसँग भने, ‘अहिले विश्वमा यसका सबैभन्दा बढी युजर मध्य पूर्वमा छन् । अमेरिका, बेलायात, युरोप समेतमा यसको लोकप्रियता बढ्दै गएको छ ।’ 
सिइओ राजीव पनि नेपालमा फुटबलर हुन् । उनी अन्डर-१९ को राष्ट्रिय खेलाडी थिए । उनी फ्रेन्ड्स क्लबबाट खेल्थे । सन् २००५ मा उनी अमेरिका गए । यी तीन युवाको भेटपछि अमेरिकामै आफ्नो अध्ययनलाई प्रयोगमा ल्याउने जमर्को गरेका हुन । 
सँगै उनीहरुले अमेरिकामा फुटबल खेललाई पनि अघि बढाउने जमर्को थालेका छन् । आहा गोल्डकपले बर्सेनि आयोजना गर्ने प्रतियोगितमा अमेरिकाबाट टिम ल्याउने प्रतिबद्धता उनीहरुको छ । 
पहिलोपटक आहा गोल्डकपमा अमेरिकाको टिमबाट खेलका राजभण्डारी स्न २००५ देखि २००६ सम्म थ्रिस्टारको डिफेन्स खेलाडी थिए । दूई पटक साफ च्याम्पियनसिप र नेपालमै प्रिन्सिडेन्ट कप लगायतका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेलेका उनी सन् २००७ मा अमेरिका गएका थिए । ‘फुटबलको भविष्य नेपालमा राम्रो देखिएन, त्यसैले आफ्नो भविष्य नबिग्रियोस भनेर म बीचमै अमेरिका गएको हूँ’ ३२ वर्षीय उनले भने, ‘अब फुटबलसँगै आफ्नो भविष्य बनाउने अभियानमा छौं ।’ 
कम्प्युटर साइन्समा मास्टर पढ्दा आएको आइडियालाई अहिले विजनेशको रुपमा अघि बढाउन थालिएको बताए । ‘पढ्दापढ्दै यस्तो आइडिया आयो, अहिले हरेक मान्छेको हातमा कुनै न कुनै डिभाइस छ । त्यसैलाई डिजिटलाइट गर्ने उद्देश्यबाट हामीले यस्तो एपको विकास गरेका हौं,’ उनले भने, 'यसलाई विश्वव्यापी बनाउँदै नेपालमा पनि सुरु गर्ने योजना छ । हेरौं कतिसम्म सफल भइन्छ ।’ 

Post a Comment

Powered by Blogger.