पत्रकार महासंघ इलामका कोषाध्यक्ष जयकुमार राई सूर्योदय नपा – ९ को वडा सदस्यमा विजयी भएका छन् । राई ८७६ मत प्राप्त गरेर विजयी बनेका हुन् ।
उनी नेकपा एमालेका तर्फबाट खुल्ला सदस्यमा उम्मेदवार बनेका थिए ।नेपाल पत्रकार महासंघ इलाम शाखा कार्यसमितिका सद्स्य ठाकुर श्रेष्ठ पनि वडाध्यक्षमा विजयी बनेका छन् । उनी इलाम नगरपालिका–५ को वडाध्यक्षमा विजयी बनेका हुन् ।इलाम आवाज साप्ताहिकका उपसम्पादकक समेत रहेका श्रेष्ठ एमालेका उम्मेदवार बनेका थिए । सो वडामा श्रेष्ठको प्यानलै विजयी भएको छ । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदम पौडेललाई ६२ मत अन्तरले हराए । श्रेष्ठले १११२ मत पाए । श्रेष्ठले उम्मेदवारी दिनुअघि महासंघबाट राजीनामा दिएका थिए
।
।

Post a Comment