बाढी प्रभावितलाई राहत दिन एमालेको ध्यानाकर्षण
रातभरको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न स्थानमा भएको डुबान, कटान र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । पार्टीका महासचिव ईश्वर पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तीमा सरकारसँग बाढीबाट पीडित नागरिकलाई तत्काल उद्दार गरी बसोबासको प्रबन्ध मिलाउन एवम् पीडितहरुका लागि आवश्यक राहतको उचित व्यवस्था गर्न माग गरेको छ ।
अविरल वर्षाका कारण सशस्त्र प्रहरीका हवल्दार सुमन आचार्यको निधन भएको र करिब एक हजार पाँच सय घर डुवानमा परी स्थानीय बासिन्दा विस्थापित भएको अवस्थामा सरकारले यथाशीघ्र उद्धार तथा राहतको व्यवस्था मिलाउनु पर्ने एमालेको ठहर छ ।
हरेक वर्षजस्तो बाढीका कारण हुने डुबान र कटानको समस्या समधानका लागि दीर्घकालीन सोचका साथ त्यस क्षेत्रमा विशेष ध्यान पुर्याउन नितान्त आवश्यक छ भन्दै महासचिव पोखरेलद्वारा जारी विज्ञप्तीमा बस्ती तथा खेतीयोग्य जमिनलाई क्षति पुर्याउने सम्भावित खोलाहरुमा उचित तटबन्ध गरेर सुरक्षित नबनउँदासम्म हरेक वर्ष यस्ता दुःखद घटनाहरु बेहोरिरहनुपर्ने स्मरण गराइएको छ
Post a Comment