Halloween party ideas 2015

१० असार, उर्लाबारी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै पार्टीसँग मोर्चा बनाए पनि एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने दाबी गरेका छन् ।
शनिबार विहानैदेखि मोरङको बेलबारी, शनिश्चरे, मिक्लाजुङ हुँदै उर्लाबारी नगरपालिकाको सभालाई सम्बोधन गर्न पुगेका ओलीले कांग्रेसले एक्लै नसकेपछि मोर्चाबन्दी गरेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसले बनाएको गठबन्धनलाई हात्तीविरुद्ध स्यालहरुको बथानको संज्ञा दिए । ओलीले भने, ‘तपाईहरुलाई थाहै छ, कांग्रेस र माओवादी केन्द्र एमालेबिरुद्ध मोर्चा कसेर आएका छन् तर, एमालेसँग प्रतिस्पर्धा गर्न भने सम्भव छैन । अब जत्तिसुकै स्यालहरुको बथान भएपनि हात्तीको सिकार गर्न सक्दैन, सिकार त के, हात्तीको छेउमा आउन पनि सक्दैन, पर-परबाट कराउने मात्रै हो ।’
तर, रोचक के छ भने रोल्पामा एमालेले कांग्रेससँगै मिलेर माओवादी केन्द्रविरुद्ध मोर्चाबन्दी गरेको छ ।
पहिलो चरणको चुनावमा पनि केही ठाउँमा कांग्रेस र एमालेको मोर्चाबन्दी भएको थियो भने काठमाडौं र ललितपुरमा एमालेले राप्रपासँग मिलेर कांग्रेसविरुद्ध मोर्चाबन्दी गरेको थियो ।
एमाले अध्यक्ष ओलीले पछिल्लो समय कांग्रेसको मूल नेतृत्वलाई राष्ट्रियता र समृद्धिको कुरा गर्दा रिस उठने गरेको बताए ।
‘एमालेले राष्ट्रिय झण्डा किन उठायो भन्दै कांग्रेस नेताहरु कराउँछन् ओलीले भने, ‘कांग्रेसलाई जतिसुकै रिस उठेपनि हामी राष्ट्रिय झण्डा बुलन्द गरिरहन्छौं, स्वाभिमान झुक्न दिँदैनौं ।’
अध्यक्ष ओलीले उर्लाबारीमा एमालेका मेयरका उम्मेदवार भुपालसिं जिमी र उपमेयर लक्ष्मी भण्डारीलाई भोट माग्दै त्यहाँको विकासको जिम्मा आफूले लिने दाबी गरे ।
ओलीले शनिबार विहानदेखि अपरान्हसम्म सुनसरी र मोरङका पाँच चुनावी सभासलाई सम्बोधन गरेका छन् । उनी अहिले इटहरीमा छन् ।

Post a Comment

Powered by Blogger.