नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबारदेखि तनहुँको पर्यटकीय नगरी बन्दिपुर क्षेत्रमा बस्दै आएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डसँग उनीसँगै श्रीमती सीता, छोरा प्रकाश र प्रदेश नं ४ का सहइन्चार्ज हरि अधिकारीलगायत केही सहयोगीसहितको टोली बन्दिपुर बजारदेखि केही परको गाउँवस्तीमा सोमबारदेखि बस्दै आएको भरपर्दो स्रोतले जनाएको छ ।
स्रोतकाअनुसार बन्दीपुर आएपनि पार्टीका कार्यकर्तासँग अध्यक्ष प्रचण्डले खासै भेटघाट गरेका छैनन् । अध्यक्ष प्रचण्डसहितको टोलीले बिहीबार डुम्रेस्थित एक कार्यकर्ताको घरमा खाना खाने कार्यक्रम छ । अध्यक्ष प्रचण्डको यो पारिवारिक भ्रमण रहेकाले जिल्ला तहका कुनै पनि नेतासँग भेटघाट नभएको पार्टीका उच्चस्रोतले जनाएको छ ।
Post a Comment