झापाको बिर्तामोड नगरपालिका–५ का दुई अलग –अलग स्थानमा वम जस्तो सङ्कास्पद वस्तु भेटिएको छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट बिर्तामोड नगरपालिकाका लागि उपमेयर पदमा उम्मेदवार बन्नु भएकी लक्ष्मी न्यौपाने सुरुको घर अगाडि र सोही वडाको नेपाली कांग्रेसको वडा कार्यालय अगाडि वम जस्तो सङ्कास्पद वस्तु भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । दुई अलग– अलग स्थानमा वम जस्तो संकास्पद वस्तु भेटिएपछि कालीवहादुर गण चारआलीबाट वम डिष्पोजल टोली आएको छ ।
बिर्तामोडस्थित देवी मावी मतदान केन्द्र अगाडि वम जस्तो संङ्काष्पद बस्तु भेटिएपछि नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाले सो स्थान घेरा हालेर बसेको छ ।
विहानैबाट वम जस्तो वस्तु देखिएपछि बिर्तामोडको जनजीवन त्रसिद वनेको छ ।
विहानैबाट वम जस्तो वस्तु देखिएपछि बिर्तामोडको जनजीवन त्रसिद वनेको छ ।
Post a Comment