Halloween party ideas 2015

राजु पोख्रेल, गौरादह
झापाको गौरादह नगरपालिकामा नगेन्द्र भण्डारी सबैमा परिचित नाम हुन । भर्खरै ४ दशक ननाँघेका नगेन्द्र भण्डारी पछिल्लो समयमा गौरादहमा एउटा सफल  राजनीतिक ब्याक्तिको रुपमा चिनिन्छन् ।
सामाजिक छवि पनि अब्बल बनाएर यहा सम्म आइपुग्न उनले निकै कठिन यात्रा गरेका छन् । गौरादह वडा नं १ मा बसोबास गर्न नगेन्द्र राजनीतिक क्षेत्रमा सानो उमेर अर्थात विद्यालय पढ्दा देखि नै उनि अनेरास्वीयुको सदस्य रहेका थिए । नरम र मिजासीला स्वभाव भएका नगेन्द्र भन्डारीलाइ सबै पार्टीका मानिसले मन पराउँदछन् ।
२०४४ सालमा अनेरास्वबियूको अञ्चल कमिटी सचिब बनेका नगेन्द्र २०४५ सालमा पक्राउ पनि परको थिए । तत्कालिन पञ्चायति ब्यवस्था बिरुद्ध प्रचा बाडेको र टाँसेको आरोपमा उनलाइ पक्राउ गरिएको थियो । फागुण अन्तिममा पक्राउ परेका उनलाइ झण्डै एक महिना कारागारमा राखिएको थियो । २०५१ मा सालमा उनि गौरादह क्याम्पसका स्वबियू सचिब भएपछि उनको स्थानीय पकड राम्रो हुन थाल्यो र उनिले २०५८ बाट पार्टी राजनीतिमा प्रवेस गरेका हुन ।
नगेन्द्र भन्डारी नेकपा एमाले गौरादह गाँउ कमिटिको २ कर्याकाल गौरादह गाँउ कमिटि अध्यक्ष बनेका थिए । त्यसपछि उनि नेकपा एमाले ६ नं. क्षेत्रिय समितिको क्षेत्रिय सचिब बने । स्थानीय स्तरमा सबैसंग मिल्ने क्षमता राख्ने नगेन्द एक सफल राजनीति कार्यकर्ता हुन । राजनीतिमा अब्बल रुपमा उदाएका उनि सामाजिक र ब्यवसायिक क्षेत्रमा पनि सफल ब्याक्तित्वको रुपमा आफूलाई स्थापित गराउन सफल भएकाछन् । राजनीति कमाइ खाने भाडो नबनाएर ब्यवसायिक भएर राजनीति गर्नु पर्छ भन्ने सोच आफूमा रहेको भण्डारी बताउछन् । कार्यकर्तालाइ समस्यामा पर्दा होस या अरु कसैलाइ उनि त्यहाँ पुगेर आफूले सक्ने सहयोग गर्ने गर्छन् । मिलनसार भएकाले अन्य राजनीतिक दलहरुले समेत उनको नाम लिन हिच्किचाउदैनन् । स्थानीय बिद्यालय, संघसंस्था, क्लव र सामाजिक संस्थाहरुमा उनि कुनै न कुनै रुपमा आवद्ध रहेका छन् । इमान्दारिताले नै आफूलाइ यहाँसम्म ल्याइपुर्याएको र आफू इमान्दार भएर अघि बढ्ने नगेन्द्रको भनाइ छ । स्थानिय तहको निर्वाचनमा निरन्तर खटिरहेका नगेन्द्र सबैको प्रिय पात्र हुन ।
उनि नेकपा एमालेका तर्फबाट गौरादह वडा नं १ का वडा अध्यक्षका उम्मेदबार हुन ।

















Post a Comment

Powered by Blogger.