Halloween party ideas 2015

see resultको लागि तस्बिर परिणाम
परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको थियो । यसवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो । यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परिक्षामा सहभागि भएका ४६२१३६ मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १२२८४ जनाले प्राप्त गरेका छन् । यस्तै, ३.२ भन्दा माथि देखि ३.६ जीपीएमा ४२४२७ जनाले ल्याएका छन् । २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ५०६४६ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६१९५५ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा९१३१४ र १.६ देखि २.४ जीपीए ल्याउने १०८४६४ छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४५७५ रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११२८५ रहेका छन् । परिक्षामा सामेल भएका मध्ये २१९ जनाको परिक्षा रद्ध गरिएको छ ।  परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गत वर्ष दुई विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए ।  विगतमा दुई विषयमा मात्रै मौका परीक्षा दिन पाइन्थ्यो । अब सीभन्दा क।म ग्रेड आएका विद्यार्थीले सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भन्ने हुँदैन । गत वर्षसम्म दुई विषयमा डी र ई ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड बृद्धिको परीक्षा दिन पाउँथ्यो । ग्रेड वृद्धीका लागि पुन: परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ ।

Post a Comment

Powered by Blogger.