जेठ ८ – नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले सात वर्ष पहिले निकै हतारमा गरेको विवाहको निर्णयमा अफसोस जताउँदै राम्रोसँग नसोची विवाहको निर्णयमा पुग्नु गलत भएको बताएकी छिन् । आज उनलाई विवाह गरेको कुरामा पछुतो भएको तर यसको जिम्मेवार आफूलाई नै सोच्छिन् ।
मनिषा थप्छिन्, ‘हेर्नुहोस्, आजकालका पीढिका किशोरीहरुसँग म निकै प्रभावित छु । आजकालका किशोरीहरु निकै बोल्ड छन् । उनीहरुले आफूलाई निकै राम्रोसँग चिनेका छन्, उद्देश्य लिन्छन् र आफ्नो गोल आफैं सेट गर्छन् । मलाई आजको पीढिका किशोरीहरु निकै राम्रा लाग्छन् । महिला यस्तै हुनुपर्छ किनभने हामीले एउटै जिन्दगी पाउँछौं ।’
Post a Comment