Halloween party ideas 2015

 



वैशाख ८, २०७४ प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा आज भएको सत्तासाझेदार कंग्रेस, माओवादी केन्द्र र मधेश केन्द्रीत दलबीचको वार्ता निष्कर्षविहिन भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको वार्तामा दुबै पक्ष अडानमा कायम रहेपछि निष्कर्ष निस्कन नसकेको हो । वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकमा सहमति गरेर बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेस केन्द्रीत दलका नेतालाई आग्रह गर्नुभएको थियो । निष्कर्षमा पुग्न नसकेपनि छलफल सकारात्मक भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताउनुभयो । स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा आफनो मूख्य चासो भएकाले सरकारले प्रस्तुत गरेको विधेयक परिमार्जन गर्न आग्रह गरेको संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले बताउनुयभो । प्रधानमन्त्री दाहालले मोर्चाको प्रस्तावबारे सत्तासाझेदार दलबीच छलफल  गरेर पुन: सहमतिको प्रयास गर्ने बताउनुभएको थियो । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारसँग आज सहमति नभए भोलीदेखि पुर्वनिर्धारित कार्यक्रम अनुसार आन्दोलन अघि बढाउने बताउनुभयो । अपरान्ह ३ बजे सत्तारुढ दल कंग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताको बैठक बसेपछि बेलुका ५ बजे मधेस केन्द्रीत दलसंग पुन: वार्ता हुने  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  












Post a Comment

Powered by Blogger.