नेपालगन्ज । बाँके जिल्लाका राजनीतिक दलहरुले स्थानीय निकाय निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला बालकल्याण समितिद्वारा आयोजित‘स्थानीय निकाय निर्वाचन र बालअधिकार संरक्षण तथा प्रवद्र्धन विषयमा राजनीतिक दलका पदाधिकारी र प्रतिनिधिसँग गरिएको छलफलपछि दलहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
बाँके युनेस्को क्लब, सेभ द चिल्ड्रेन, युनिसेफको सहयोगमा आयोजित कार्यक्रममा बालबालिकासम्बन्धी कानुन, ऐन, उनीहरुको प्रयोगको प्रावधान, निर्वाचन आचारसंहितालगायत बाल अधिकारसम्बन्धी अन्य व्यवस्थाबारेमा सहभागीबीच छलफल भएको थियो ।
स्थानीय निकाय निर्वाचनमा बाँके जिल्लामा दुई लाख ४६ हजार ७८ मतदाता छन् । जिल्लाका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकामा एक लाख २५ हजार नौ सय ३९ पुरुष, एक लाख २० हजार एक सय ४१ जना महिला र एक तेस्रो लिङ्गीले मतदान गर्न पाउने छन् ।
दोस्रो संविधानसभा सदस्य निर्वाचनभन्दा ४४ हजार मतदाता आगामी निर्वाचनमा बढी छन् ।
Post a Comment