
कमल गाउपालिका १ केदारमा कटुवालको उम्मेद्वारी, तोपगाछी/ स्थानीय तहको चुनाव नजिकिदै गर्दा झापाको कमल गाउपालिकामा राजनीतिक दलहरूले आफ्नो उम्मेदवारी छनोटलाई तीब्रता दिएका छन् । कमल गाउपालिका १ (साबिक तोपगाछी १, २ र ९)मा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा युवा नेता केदार कटुवाललाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय भएको छ । समाजसेवी तथा जुझारु, उर्जासिल युवा तोपगाछी २ का वडा सभापति कटुवाललाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय नेपालि कांग्रेस तोपगाछीको भेलाले गरेको हो । त्यस्तै भेलाले साबिक तोपगाछी २ बाट वडा अध्यक्ष र साबिक तोपगाछी १ र ९ नम्बर वडाबाट दुइ / दुइ जना सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको छ यदपि नाम भने टुंगो लागि सकेको छैन । लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेको हुनाले आकांक्षिहरु धेरै भएको हुँदा उम्मेद्वार कसलाई सिफारिस गर्ने बिसयमा छलफल भइरहेको स्रोतले जनाएको छ । अध्यक्षका उम्मेद्वार केदार कटुवाल नेपाली कांग्रेस क्षेत्रिय उपाध्यक्ष तथा तोपगाछी २ का वडा सभापति हुन । त्यस्तै उनि कमल नगर जेसिजका कार्यकारिणि उपाध्यक्ष समेत हुन । अध्यक्षका उम्मेद्वार कटुवाललाइ तोपगाछीका जनताले एक समाजसेविका रुपमा चिन्दछन । साबिक तोपगाछी २मा रहेको श्री बाँसबारी आधारभुत विद्यालयमा उनले अक्षकोष स्थापना गर्नु भएको छ । साथै साबिक तोपगाछी ३ मा रहेको श्री महेन्द्र रत्न मा.बिमा उनले एकल लागतमा कृषि पुस्तकालय स्थापना गर्नु भएको छ । तोपगाछी २का स्थाई बासिन्दा कटुवालले तोपगाछी २ को बाँसबारी र रतनचौन जोड्ने सेतुमारी खोलामा काठको पुल निर्माणका लागि आवश्यक रकम प्रदान गर्नु भएको छ ।
Post a Comment