विराटनगर : नेपाल पत्रकार महासंघ मोरङका निवर्तमान अध्यक्ष महेन्द्र विष्टसहित मोरङका सातजना पत्रकार स्थानीय निकायको चुनावमा उमेदवार हुने भएका छन् ।
विष्टलाई मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ को वडाअध्यक्षको उमेदवारमा नेकपा एमालेले सर्वसम्मत रुपमा सिफारिस गरेको छ । विष्ट केन्द्रीय पार्षदमा निर्वाचित पत्रकार पनि हुन । त्यस्तै मोरङकै निर्वतमान र्कासमिति सचिव नवराज कट्टेल निशान इलामको रोङ गाउँपालिकाको अध्यक्षको उमेदवार बन्न विराटनगरबाट त्यसतर्फ लागेका छन । गत फागुन ७ गते भएको महासंघको निर्वाचनमा उपाध्यक्ष पदमा झिनो मतले हारेपछि उनी नेकपा माओवादी केन्द्रको तर्फबाट उमेदवार बन्न गाउँ फर्किएका हुन । कट्टेल शान्ति प्रक्रिया सुरु भएपछि विराटनगरमा पत्रकारितामा क्रियाशील थिए । उनी प्रेस सेन्टरका केन्द्रीय सदस्य पनि हुन । महासंघ मोरङकै निवर्तमान कार्यसमिति सदस्य किशोर बस्नेतलाई नेकपा एमालेले विराटनगर–१ बाट वडाअध्यक्षको उमेदवारको रुपमा सिफारिसमा गरेको छ । त्यस्तै प्रेस सेन्टरका जिल्ला अध्यक्ष तथा निर्वाचित पार्षद गोकुल पराजुली विराटनगर ४ बाट माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्दै छन । पराजुलीले अफ्नो उम्मेदवारी केही दिनमै टुंगो लाग्ने बताए । त्यस्तै पत्रकार महासंघका साधारण सदस्य अप्सरा निरौला मओवादी केन्द्रको तर्फबाट विराटनगर–३ मा महिला सदस्यमा उम्मेदवार बन्दै छिन् । उनी प्रेस सेन्टरकी केन्द्रीय सदस्य हुन । माओवादी केन्द्रबाट नै केराबारी गाउँपालिका १० पत्रकार किसन शाही र केराबारी ९ भक्तशेर लिम्बू वडाअध्यक्षका रुपमा आकांक्षी देखिएकोमा शाहीको टिकटको टुंगो लागिसकेको छ ।
Post a Comment