Halloween party ideas 2015

दमक । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था दमकको हरित नगर अभियानको दोस्रो चरणको कार्यक्रम आजबाट शुरु भएको छ ।
सहकारीले आज आफनो पाँचौ बार्षिक उत्सवको अवसर पारेर हरित नगरको दोस्रो चरणको अभियान थालनि गरेको हो । अभियानको बचत तथा ऋण सहकारी संघकी केन्द्रीय सदस्य चन्द्रा खडक भटटराईले स्वामीको विरुवा रोपेर थालनी गर्नुभएको छ ।
यसैगरी संस्थाले आज नै रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षतामा भएको एक कार्यक्रमका विच अभियानको थालनि गरिएको हो ।
कार्यक्रममा दमक उदयोग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, सहकारी संघ झापाका सल्लाहाकार सदस्य चुडामणी ओझा, इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजन लिम्बु, दमक जेसिजका अध्यक्ष गोविन्द राज कटटेल, निर्माण व्यावसायी संघ झापाका कोषाध्यक्ष चन्द्र खत्रि लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रोशन गौतमले गर्नुभएको थियो भने संचलान व्यावस्थापक धर्मानन्द भटटराईले गर्नुभएको थियो ।
Image result for blood donation picture

Post a Comment

Powered by Blogger.