Halloween party ideas 2015

तीन करोड २० लाख ट्विटर अकाउन्ट ह्याक!

माइक्रो ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ता फेरि सुरक्षा समस्या सामना गरिरहेका छन्। ह्याकरको एउटा समूहले तीन करोड २० लाख भन्दा बढी ट्विटर प्रयोगकर्ताको व्यक्तिगत विवरण कालो बजारमा बिक्री गरिरहेका छन्।

ट्विटरले आफ्नो सिस्टमबाट कुनै सूचना नचोरिएको दाबी गरेको छ। 'सबै प्रयोगकर्ता सुरक्षित छन्', ट्विटरले भनेको छ। तर तेसा ८८ नामको ह्याकर समूहले तीन करोड २ लाख ट्विटर प्रयोगकर्ताको पासवर्ड ह्याक गरेको दाबी गरेको छ। लिक लगइन डिट्यल्सको सर्च इन्जिन मानिने लिक्डसोर्सका अनुसार उसँग ट्विटरका तीन करोड २० लाख प्रयोगकर्ताको विवरण छ।

यो वेबसाइटका अनुसार सबै विवरण वास्तविक हो। ह्याक भएकामध्ये १५ वटा अकाउन्ट ट्विटर भेरिफाइड समेत परेका छन्। रोयटर्सकाअनुसार ट्विटरले अकाउन्ट ह्याक भएको अस्वीकार गरेको छ उसले भनेको छ, 'प्रयोगकर्ताको कुनै पनि विवरण ह्याक भएको छैन।'

लिक्डसोर्सले भनेको छ, 'तीन करोड २८ लाख प्रयोगकर्ताको विस्तृत रेकर्डमा इमेल आइडी, पासवर्ड समेत प्राप्त भएको छ।'

Post a Comment

Powered by Blogger.