इण्डिया
विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्गमा पाहुना टोलि अष्ट्रेलियालाई
कप्तान स्टेभन स्मिथ र आक्रामक ब्याट्स मेन ग्लेन म्याक्सवेलले बचाएका छन् ।
एक सय ४० रन जोड्दै ४ विकेट गुमाइ सकेको पाहुना टोलिलाई यि दुईको जोडीले
पहिलो दिनको खेल सकिंदा सम्म ९० ओभरमा ४ विकेटको क्ष्यतिमा २ सय ९९ रनको
स्थितिमा पुर्याएका छन् ।
स्मिथले २ सय ४४ बलको सामना गर्दै १३ चौकाको सहायतामा
एक सय १७ तथा म्याक्सवेलले एक सय ४७ बलको सामनामा ५ चौका र २ छक्काको
सहायतामा ८२ रन जोडेका छन् । यसअघि राँचिमा टस जितेर ब्याटिङ्ग थालेको
पाहुना टोलिले ओपनर डेविड वारनरलाई १९ ,म्याट रेनसलाई ४४, सन मार्सलाई २ तथा
पेटर हेण्ड्सकोम्बलाई १९ रनमै गुमाएको थियो ।
वारनर आउट हुँदा पाहुना टोलिले ९.४ ओभरमा मात्र ५० रन जोडेको थियो ।
बलिङ्गतर्फ उमेश यादवले २ तथा रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले एक /
एक विकेट लिए । भोलि दोस्रो दिनको खेल शुरुहुँदा पाहुना टोलि २ सय ९९ रनबाट
खेल्न शुरु गर्नेछ ।
भोलिको पहिलो बलको सामना म्याक्सवेलले गर्ने छन् । चार टेष्ट म्याचको श्रृंखला एक / एकको बराबरीमा छ ।
३ चैत्र, २०७३
Post a Comment