अफगानिस्तान विरुद्धको चौथो वण्डेमा
आयरल्याण्ड ३ विकेटले विजयी भएको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय
२१ रनको लक्ष्य उसले खेल सकिन १९ बल अगावै पुरा गर्यो ।

ओपनर
ब्याट्समेन पउल स्टर्लिङ्गलाई २८, एड जोयसलाई २४ तथा कप्तान विलियम
पोटरफिल्डलाई ६ रनमा गुमाउँदा ३ विकेटको क्ष्यतिमा आयरल्याण्डले मात्र
५९ रन जोडेको थियो । त्यसपछि दबाबमा रहेको उसले एक सय ३० रन जोड्दा ६
विकेट गुमाएर पराजयतर्फ धकेलिएको उसका लागी विकेट किपर गेरी विल्सल र
केबिन ओब्रेनले ६६ रनको साझेदारी गरेपछि टोली जितको नजिक पुगेको थियो । ६७
बलको सामना गरेका विल्सन ३ चौकाको सहायतामा ४१ रनमा आउट भए ।

त्यसपछि
क्रिजमा आएका जर्ज डकरेल र ओब्रेनले टिमलाई जीत दिलाए । अविजित यात्रा तय
गरेका डकरेलले १० बलको सामनामा ५ तथा ६० बलको सामना गरेका ओब्रेनले
विष्फोटक ब्याटिङ्ग गर्दै ८ चौका र २ छक्काको सहायतामा ७२ रन जोडे । उनले
४७ औं ओभरको पाँचौ बलमा चौका प्रहार गरेसँगै आयरल्याण्डले २ सय २४ रन
बनाएको थियो । ओब्रेन नै म्यान अफ दि म्याच घोषित भए । बलिङ्गतर्फ मोहम्मद
नाबीले ४ तथा रसिद खानले २ विकेट लिए ।

यसअघि
इण्डीयाको नोयडामा टस जितेर ब्याटिङ्ग गरेको अफगानिस्तानले आफ्ना आक्रामक र
भरोसादार खेलाडीलाई सस्तैमा गुमाएपछि अफगानिस्तान एक सय २० रनमा समेटिएको
थियो ।

उसले
खेल सकिन एक बल अगाबै सबै विकेट गुमायो । अफगानिस्तानले आफ्ना ६
ब्याट्समेनलाई दोहोरो अंकको रन जोड्न नपाउँदै गुमायो । ओपनर मोहम्मद सहजाद
एक रनमा आउट हुँदा उस्मान घानी तीन रनमा पेवेलियन फर्किए । त्यसपछि अर्का
आक्राम ब्याट्समेन राहत शाहले खाता खोल्नै भ्याएनन् । ११ रन जोड्दा ३ विकेट
गुमाएको उसले ८३ रन जोड्दा थप ४ विकेट गुमाएको थियो । त्यसपछि १४२ रन
जोड्दा आठौं विकेट गुमाएको थियो ।

उसका
लागी सफिकउल्लाहले सर्बाधिक ४२ तथा मोहम्मद नाबी र दौलत जद्रानले समान ४१
रनको योगदान दिए । जद्रान अविजित रहेका थिए । कप्तान अस्घर तनिकजाइले ३५
रनको योगदान दिएका थिए । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा केविन
ओब्रेनले ४, जाकोब मुल्डरले ३ र एण्डी म्याकब्रेनले २ विकेट लिए ।

जितसँगै पाँच म्याचको श्रृंखला २–२ को बराबरीमा पुगेको छ । पाँचौ तथा अन्तिम म्याच पर्सी शुक्रबार नोयडामा हुनेछ ।
९ चैत्र, २०७३
Post a Comment