
यसअघि साउथ अफ्रिकाले पहिलो इनिङ्गमा क्विनटोन डे कोकको ९१ , टेम्बा
बाबुमाको ८९ तथा भेरनोन फिलाण्डरको ३७ रनको मद्दतमा ९८ ओभरमै समेटिएपनि ३
सय ५९ रन जोडेको थियो ।

न्युजिल्याण्डले भने पहिलो इनिङ्गमा हेन्री निकोल्सको एक सय १८, ओपनर
जित रावलको ३६ तथा विकेट किपर ब्राडली वाट्लिङ्गको ३४ रनको मद्दतमा ७९.३
ओभरमा २ सय ६८ रन बनाएको थियो । तर दोस्रो इनिङ्गमा न्युजिल्याण्ड ६३.२
ओभरमा मात्र एक सय ७१ रनमा समेटिएको थियो । उसका लागि ओपनर जित रावलले ८०,
ब्राड्ली वाट्लिङ्गले २९ र नेल ब्रुमले २० रन जोड्न बाहेक अन्यले दोहोरो
अंकको स्कोर जोड्न सकेनन् ।

न्युजिल्याण्डलाई दोस्रो इनिङ्गमा सस्तैमा समेट्न ६ विकेट लिएका केशव
महाराज म्यान अफ दी म्याच घोषित भए । जितसँगै साउथ अफ्रिकाले तीन टेष्ट
म्याचको श्रृंखलामा एक शुन्यको अग्रता लिएको छ ।

५ चैत्र,२०७३
Post a Comment