Halloween party ideas 2015




प्रकाश उप्रेती
चारआली, २५ फागुन । पूर्वको फेवातालको रुपमा विकास गर्ने उद्देश्य लिएको झापाको दुहागढीस्थित ‘निचाझोडा सिमसार तथा पर्यटकीय क्षेत्र विकास व्यवस्थापन उपसमितिले बुधबारबाट निर्माणको काम शुरु गरेको छ । हातेमालो वन उपभोक्ता समिति अन्तरगतको वनभित्र पर्यटकीय सिमसार क्षेत्र नामाकरण गरेको २ वर्षपछि विधिवत् रुपमा निर्माण शुरु गरिएको हो ।

जिल्ला वन कार्यालय झापा, बातावरण र पर्यावरणसम्बन्धि काम गर्दै आएका बातावरण र पर्यावरणविद्को सल्लाह तथा इञ्जिनियरिङ रेखाङ्कनको काम पूरा गरिसकेकोे वन समितिका अध्यक्ष विदूर शिवाकोटीको भनाई छ । पहिलो दिन दुईवटा स्काभेटर प्रयोग गरी निर्माणको काम थालनी गरिएको निचाझोडा सिमसार तथा पर्यटकीय क्षेत्र विकास व्यवस्थापन उपसमितिका संयोजक कृष्णराज सिग्देलले बताए ।


यस्तो छ, फेवातालको परिकल्पना ।
पर्यटकीय परिषरभित्र हिमाल, पहाड र तराई त्यसको वरिपरी ताल, माटोको ढिस्को वा बाँध निर्माण गरी पानी सञ्चित गर्ने र पोखरीको संरचना तयार पार्ने, परापूर्वकालमा निर्माण भएका तत्कालीन समयमा बनाइएका टहरा, फलैचा तथा चैतारालगायतका भौतिक संरचना निर्माण गरिने तथा राजवंशी तथा सबै जातजाति तथा समुदायले मान्दै आएका विभिन्न देविदेवताका मठमन्दिर निर्माण गर्ने, विभिन्न लोप भएका वन्यजन्तु तथा चराचुरुङीको शालिक निर्माण गर्ने योजना तथा परिकल्पना गरिएको छ । त्यसैगरी वनको करिव ३२.२७ हेक्टर क्षेत्रमा वरिपरी एक छेउमा पिक्निक स्पोर्ट, बालबालिका लगायत सबैलाई समेट्ने गरी खेल तथा अन्य सामाग्रीसहितको स्पोर्ट, अन्य क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकका लागि रोमाञ्चक, दृष्यावलोकन स्थलको रुपमा विकास गरिने संयोजक सिग्देलको भनाई छ ।



पर्यटकको गन्तव्य
भौगोलिक बनावट, रमणीय तथा स्वच्छ पर्यवरणमा रहेको निर्माणाधिन पर्यटकीयस्थलको उत्तरपट्टी पूर्वी पहाड र हिमाली क्षेत्रका जिल्ला जोडिएको, दक्षिणपट्टी विदेशी पर्यटक भित्रिने चन्द्रगढी विमानस्थल भएको, पूर्वमा भारत रहेको र पश्चिममा नेपालका सबै क्षेत्रको आगमन हुने चौबाटा भएकाले धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्यान सकिनेछ ।

कार्ययोजना तथा लगानी

उक्त सिमसार तथा पर्यटकीय स्थलको बिकास निर्माणका लागि २०७३–०७४ मा निर्वाचन क्षेत्र बिकास कोषले १३ लाख, सांसद विकास कोषबाट ३ लाख, दुहागढी गाविसबाट २ लाख र उपभोक्ताबाट २ लाख गरी २० लाख बजेट विनियोजन भएको वनका सचिव बद्री भट्टराईले बताए । पूर्वको फेवा तालको रुपमा विकास गर्न १० मा ७ करोडको कार्ययोजना अघि सारेको छ ।

के हो निचाझोडा ?
परापूर्वकालमा राजवंशी समुदायको बसोबास स्थल रहेको थियो । उनिहरुले दिनहुँ माछा मार्ने गर्थे । तर, सो क्षेत्रमा धेरै नै माछामध्येको झिङ्गे माछा पाइने भएकाले उक्त माछाको नाममा सो क्षेत्रको नाम रहन गएको हो । राजवंशी भाषामा ‘निचा’ को अर्थ झिँगामाछा र ‘झोडा’ को अर्थ खोल्सी रहेकाले सिमसारको नाम निचाझोडा रहन गएको दुवागढी–२ निवासी परशुराम राजवंशीले बताए ।

यसको भौगोलिक, धार्मिक तथा ऐतिहासिक पृष्टभूमी

यहाँ राजवंशी समुदायको चैतादेवीको थानसमेत रहेको छ । हरेक वर्षको चैतमा मेलाको आयोजना गरी उनीहरुले चैतुदेवीको पूजाआजा गर्ने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको चारआली सडकखण्डको करिब तीन किलोमिटर दक्षिण दुहागढी गाविसमा रहेको हातेमालो सामुदायिक वन तीन सय ९१ दशमलव २७ हेक्टर क्षेत्रमा फैलिएको छ । त्यसमध्ये ५२ दशमलव ५ हेक्टर सिमसार क्षेत्र रहेको छ ।
सिमसार क्षेत्रमध्येको ३२ दशमलव ५ हेक्टर सिमसार क्षेत्रलाई पयर्टकीयस्थलका रुपमा विकास तथा व्यवस्थित गर्न लागिएको हो ।
हातेमालो सामुदायिक वन उपभोक्ता समूहमा २२ घरधुरी आबद्ध छन् । यसमा करिब १ हजार घरधुरी आदिवासी, ८ सय क्षेत्री र बाहुन र ४ सय दलीत, मुस्लिम लगायतका समुदाय रहेका छन् । उक्त क्षेत्रमा पानी, बिजुली, बाटोको व्यवस्थापनमा ध्यानुपर्ने वन समितिका सदस्य लक्ष्मण कार्कीले औल्याएका छन् ।

Post a Comment

Powered by Blogger.