Halloween party ideas 2015


संचारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेको पहिलो चलचित्र ‘घामपानी’ वैशाख १ गते नै रिलिज हुने भएको छ । निर्माणपक्षले चलचित्रको ‘पन्छी’ बोलको गीत सार्वजनिक गर्दै वैशाख १ गते नै हलमा चलचित्र लाग्ने उल्लेख गरेको छ । कालिप्रसाद बास्कोटाको स्वर, शब्द तथा संगीत रहेको यो गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीलाई फिचरिङ गरिएको छ ।
केकीलाई दयाले गाउँबाट भगाएको दृश्य सहित यो गीत तयार पारिएको छ । सिन्धुलीका रमणीय स्थानमा यो गीतको भिडियो खिचिएको छ । यो चलचित्रले अन्तरजातिय कथालाई उल्लेख गरेको छ । ओम गुरुङ, शैलेन्द्र डी कार्की, विश्व गौचनको निर्माण रहेको यो चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ हुन् । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
चलचित्रमा अंकित खड्का, सिल्सा जिरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, वुद्धि तामाङ, कविता आले, अरुणा कार्की, अमोघ खरेल लगायतका कलाकारको अभिनय छ ।

Post a Comment

Powered by Blogger.