दमक, फाल्गुन १८ गते हुन गईरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा देशभरि जस्तै झापाको माई पश्चिम क्षेत्रका तिनवटा क्याम्पसमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ । यस क्षेत्रका दमक बहुमुखि क्याम्पस, गौरादह बहुमुखि क्याम्पस र गौरिगञ्ज बहुमुखि क्याम्पसमा स्ववियुको निर्वाचन हुदैछ ।
करिब १० वर्ष पछि हुने लागेको स्ववियु निर्वाचनले यतिबेला विद्याथीहरुमा नयाँ नेतृत्वको आउने र कसरी आफ्नो पक्षमा नतिजा निकाल्ने भनेर तिव्र दौड धुप भई रहेको छ । लोकतन्त्र प्राप्ती पछि हुन गहिरहेको यो स्ववियुले नयाँ नेतृत्व चयन गर्नेछ । १ हजार ३ सय ५४ जना कुल विद्यार्थी सङ्गख्या रहेको दमक वहुमुखि क्याम्पसमा अहिले तिन वटा विद्यार्थी सङ्गगठनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । नेपाली काग्रेस निकटको नेपाल विद्यार्थी संघको तर्फवाट विनोद चापागाई एमाले निकटको अनेरास्वविमुको तर्फवाट सन्तोस दुलाल तथा माओवादी निकट अखिल (क्रान्तीकारी) राप्रपा निकट राप्रविसंघ समाजवादी फोरम निकट समाजवादी विद्यार्थी फोरम लिम्वुवान निकट संघिय विद्यार्थी युनियन र नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघको संयुक्त प्यानलको तर्फवाट कुल वहादुर वस्नेत रविलाई सभापतिको उम्मेदवार बनाएका छन् ।
२२० जना विद्यार्थी रहेको गौरादह बहुमुखि क्याम्पसमा पनि अनेरास्ववियुको तर्फवाट कमल पौडेल , राप्रविसंघका तर्फवाट रविन्द्र ढुङ्गगाना र नेविसंघ र अखिल (क्रान्तीकारी)को संयुक्त प्यानलबाट युबराज खनालको पनि सभापतिमा उम्मेदवार रहेको छ ।
त्यसतै ७५ जना मतदाता रहेको गौरिगञ्ज बहुमुखि क्याम्पसमा अनेरास्ववियु र राप्रविसंघको संयुक्त प्यानलबाट मोहन न्यौपाने र नेविसंघ र अरु साना दलको तर्फबाट देवकुमार ताजपुरीया सभापतिका उम्मेदवार बनेका हुन ।
Post a Comment