गाबि्रयल जेसिसको गोलको मदतमा म्यानचेष्टर सिटीले इंग्लिस पि्रमियर लिग फुटबलमा स्वान्सीमाथि संघर्षपूर्ण जित हात पारेको छ ।
आइतबार भएको खेलमा सिटीले स्वान्सीलाई २-१ गोल अन्तरले हराएको हो । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा जेसिस नायक बने । उनले अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गरे । उनको हेडर स्वान्सीका गोलकिपरले रोकेका थिए । तर, बल नियन्त्रणमा लिन सकेनन् र, जेसिसले नै गोलमा परिणत गरे । यसअघि सिटीलाई सुरुवाति अग्रता पनि जेसिसले नै दिलाएका थिए । उनले ११ औं मिनेटमा गोल गरे । तर, ८१ औं मिनेटमा स्वान्सीका सिगुड्सनले बराबरी गोल फर्काएका थिए ।
जितसँगै सिटीको २४ खेलबाट ४९ अंक भएको छ र, तेस्रो स्थानमा उक्लिएको छ । तर, लिग लिडर चेल्सी भन्दा भने अझै १० अंकले पछाडि छ ।
Post a Comment