Halloween party ideas 2015

 ब्राजिलियन स्ट्राइकर नेयमारले आइतबार २५ औं जन्मदिन मनाएका छन् । यही बेला मेस्सी र रोनाल्डोले त्यही उमेरमा पाएको सफलतासँग तुलाना रोचक नै हुन्छ । जसमा नेयमार धेरै अगाडि देखिएका छन् । अब उनले जित्न बाँकी भनेको विश्वकप र बालोन डि’ओर मात्र हो । र, उनले बालोन डि’ओरमा रोनाल्डो र मेस्सीलाई चुनौती दिन थालिसकेका छन् ।
२५ वर्षको उमेरमा मेस्सीले तीन च्याम्पियन्स लिग, पाँच ला लिगा जितेका उनले तीन बालोन डि’ओर हात पारिसकेका थिए । रोनाल्डोले तीन पि्रमियर लिगको उपाधिसँगै एक बालोन डि’ओर अवार्ड जितेका थिए । बालोन डि’ओरमा पछि परेपनि मैदानमा भने नेयमार, मेस्सी र रोनाल्डो भन्दा अगाडि रहे ।
ब्राजिलियन क्लब सान्तोषका पूर्व खेलाडी नेयमारले २५ वर्षको उमेरमा मेस्सी भन्दा एक र रोनाल्डो भन्दा ११८ गोल बढी गरेका छन् । नेयमारले क्लब र देशका लागि गरेर ४६८ खेलमा २८० गोल गरेका छन् । जबकी २५ वर्षको उमेरमा मेस्सीले ४०५ खेलमा २७९ गोल गरेका थिए ।

Post a Comment

Powered by Blogger.