Halloween party ideas 2015


हामीमध्ये धेरैलाई मन पर्ने फल हो लिच्ची । तर, लिच्ची खाँदा अब होस पुर्‍याउनुपर्ने भएको छ ।
भारतको बिहारस्थित मुजफ्फरपुरमा बितेको दशकमा सयौं बच्चाको ज्यान लिने संदिग्ध विमारीको कारक तत्व लिची भएको पत्ता लागेको छ । स्थानीय मानिसहरुबीच चमकी नामले चिनिएको यो रोगले हरेक वर्षको मे-जुनमा शिर उठाउँछ र कयौं बच्चाहरुको ज्यान लिन्छ ।
सन् २०१४ मा ३९० जना बालबालिका यो रोगको चपेटामा परेका थिए र उनीहरुलाई दुईवटा अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुमध्ये दुई जनाको ज्यान गएको थियो ।
भारत र अमेरिकाका वैज्ञानिकको संयुक्त प्रयासबाट पत्ता लागेको छ कि खाली पेटमा लिच्चीखाँदा नै यो रोगले आक्रमण गरेको रहेछ । करिब तीन वर्ष चलेको अनुसन्धानको नतिजा विज्ञान पत्रिका लेन्सेट ग्लोबलमा छापिएको छ ।
वैज्ञानिकहरुका अनुसार लिच्चीमा हाइपोग्लिसिन ए र मिथाइलेन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व हुन्छ ।
अस्पतालमा भर्ती भएका बढि बच्चाहरुको रगत र पिसाबको जाँचबाट उनीहरुमा यो तत्व पाइएको थियो । उनीहरुमध्ये बढिजसो बच्चाहरुले रातिको खाना खाएका थिएनन् र बिहान अत्यधिक मात्रामा लिच्ची खाएका थिए । यस्तो अवस्थामा यस तत्वको असर बढि घातक हुने बताइएको छ ।
डाक्टरहरुले बालबालिकालाई सीमित मात्रामा लिच्ची खान र त्योभन्दा अगाडि सन्तुलित भोजन गर्न सल्लाह दिएका छन् ।
मुजफ्फरपुरका इलाकामा लिच्ची बेस्सरी फल्छ र यहाँबाट विश्वभरीका बजारमा लिच्ची आपूर्ति गरिन्छ ।
रोगको चपेटामा परेका बालबालिकाका बाबुआमाका अनुसार लिच्ची फल्ने सिजनमा उनीहरुका छोराछोरी दिनभरी लिच्चीको बगैंचामा समय बिताउने गर्छन् । यो दौरानमा उनीहरु आफ्नो सामान्य खानपान पनि बिर्सिन्छन् ।

Post a Comment

Powered by Blogger.