Halloween party ideas 2015


मृगौलासम्बन्धी समस्याले धेरैलाई ग्रस्त बनाएको छ । घरमा कसैलाई मृगौलाको समस्या भए त्यसले मानसिक रुपमा सबैलाई सताउाछ । महंगो उपचार खर्चका कारण परिवार नै आर्थिक रुपले टाट पल्टिने अवस्था आउँछ ।

खुसीको खबर, अब कृत्रिम मृगौला बन्ने भएको छ । यसको अभ्यासमा जुटिरहेका बैज्ञानिकहरुले कृत्रिम मृगौला आगमी २०२० सम्ममा प्रयोगमा आउने बताएका छन् । अहिले उनीहरु यसको सुरक्षा र क्षमतामाथि परीक्षण गरिरहेका छन् ।
युनिभर्सिटी अफ क्यालिफोर्निया सन फ्रान्सिस्कोका अनुसन्धनकर्ता डाक्टर शुभो राय, जो भारतिय मुलका हुन् उनी पनि कृत्रिम मृगौला विकासमा संलग्न छन् । केहि समयअघि भारतको एक कार्यक्रममा भाग लिन आएका उनले बताए अनुसार ‘अमेरिकाको फेडरल ड्रग एडमिनिस्ट्रेशन’ले अनुमति दिएपछि कृत्रिम मृगौला प्रयोगमा ल्याइएनेछ ।खुसीको खबर, अब कृत्रिम मृगौला बन्ने भएको छ । यसको अभ्यासमा जुटिरहेका बैज्ञानिकहरुले कृत्रिम मृगौला आगमी २०२० सम्ममा प्रयोगमा आउने बताएका छन् । अहिले उनीहरु यसको सुरक्षा र क्षमतामाथि परीक्षण गरिरहेका छन् ।
यस्तो हुनेछ प्रत्यारोपण
कृत्रिम मृगौलालाई पेट भित्र राखेर एडजस्ट गरिन्छ । यसले प्राकृतिक मृगौलाले जस्तै रगतलाई सफा गर्छ । हर्मोन्सलाई नियन्त्रण गर्छ । साथै उच्च रक्तचापलाई काबुमा राख्न मद्दत गर्छ ।
कति महंगो होला ?
कृत्रिम मृगौलाको मूल्य कति हुन्छ भन्ने कुरा अहिले निक्र्यौल गरिएको छैन । यद्यपी यो परम्परागत डायलसिस भन्दा कम खर्चिलो हुने बताइन्छ । डाइलसिस र ट्रान्सप्लान्टको तुलनामा कृत्रिम मृगौला सस्तो हुने बताइएको छ ।

Post a Comment

Powered by Blogger.