Halloween party ideas 2015

 स्वास्थ्य मन्त्री गगनकुमार थापाले नेपालका अस्पतालहरुमा निःशुल्क पाइने औषधि अभाव हुन नदिने बताएका छन् ।
उनले बुधबार स्वास्थ्यमन्त्री भएदेखि हालसम्म भएका प्रगतीबारे जानकारी दिँदै सबै अस्पतालहरुमा औषधि अभाव हुन नदिन खरिद प्रकृयालाई तीव्र बनाएको जानकारी दिए ।
उनले भने,’ जिल्ला र क्षेत्रमा औषधि अभाव हुन नदिन भदौमा नै ३९ करोड १५ लाख पठाइसकेको थियो । पुस मसान्तमा थप ११ करोड ९५ लाख रकम निकासा भएको छ । र १८ देखि ८० लाखसम्म पैसा जिल्लामा गएको छ ।’
उनका अनुसार निःशुल्क वितरण गरिने औषधिको एक अर्ब ५० करोड मध्ये ५१ करोड १० लाख पैसा जिल्लामा गइसकेको छ ।
उनले भने, सबै जिल्लाका प्रमुखहरुलाई पोखरामा जम्मा गरेर प्रष्ट निर्देशन दिएको छु, जिल्लामा तपाईले पाएको रकमबाट जति चाहिन्छ, औषधी किन्नुहोस्, सबै स्वास्ग्य संस्थामा अविलम्ब औषधि पुर्‍याउनुहोस् ।’
मन्त्री थापाले अघि भनेका छन्, किन्न पनि सजिलो छ, १५ दिनको सूचना निकालेर किन्न सकिन्छ, एकदमै इमर्जेन्सी भयो भने सिधै ५ लाखको औषधि खरिद गर्न सक्छन् । जसरी हुन्छ, औषधि अभाव हुन नदिनुहोस् ।’
साथै उनले औषधि खरिद गर्नमा कुनै समस्या आए वा रकम अभाव भए सिधै केन्द्रमा सम्पर्क गर्न समेत आग्रह गरे ।
सरकारले पहिलो पटक ०६६ सालमा निःशुल्क औषधि वितरणको घोषणा गरेको थियो । ०७१ साल भाद्र १३ गते जिल्लामा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ प्रकारका र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी निःशुल्क दिने घोषणा गरेको छ । तर, घोषणा भएको झण्डै दुई वर्ष हुदाँसम्म पनि केन्द्रबाट औषधि खरीद हुन सकेको थिएन ।

Post a Comment

Powered by Blogger.