
देव कुमार श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको नयाँ टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको हो । नायक दयाहाङ राइको निरन्तर चलचित्र रिलिज हुनु ‘लाल्टिन’ पोस्टपोन्डको मुख्य आधार हुनसक्छ ।
सार्वजनिक टिजरमा दयाहाङ डनको अवतारमा देखिएका छन् भने नायिका प्रियंका कार्कीको हट शैली पर्दामा देख्न पाइनेछ । भानु प्रतापको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको लगानी छ ।
Post a Comment