Halloween party ideas 2015


 तीब्र प्रतिस्पर्धी बनिरहेको नेपालको स्मार्टफोन बजारमा नयाँ ब्राण्ड थपिएको छ । ‘ओट्टो’ ब्राण्डको नयाँ स्मार्टफोनले बुधबारदेखि काठमाण्डौ औपचारिक रुपमा कारोबार थालेको छ ।
सिंगापुरमा डिजाइन र चीनमा उत्पादन गरिएको यो स्मार्टफोन मिड रेन्ज पि्रमियम क्लासको ब्राण्ड हो ।  वापुस्तालाई लक्षित गरी उत्कृष्ट डिजाइन र पर्फमेन्समा ध्यान दिइएको यो एन्ड्रोइड स्मार्टफोन हो ।

ओटोको पहिलो मोडल-‘ओट्टो मार्क’लाई बुधबार न्यूरोडको ताम्राकार कम्प्लेक्समा आयोजित कार्यक्रममा चलचित्र ‘लुट-२’को टीमले सार्वजनिक गर्‍यो ।
यस्तो छ ओट्टो मार्क
बुधबार सार्वजनिक भएको ओट्टो मार्क स्मार्टफोन ६ इन्च स्क्रीन साइज भएको स्मार्टफोन हो । २.५डी कर्भ एचडी डीस्प्लेयुक्त यो स्मार्टफोनको पछाडिको सबै भाग धातुले बनेको छ । जीवी र्‍याम भएको यो फोनमा ३२ जीबी आन्तरिक मेमोरी र १२८ जीबी मेमेरी एसडी कार्डमार्फत् थप्न सकिन्छ ।
अगाडिपट्टी १३ मेगापिक्सेल अटोफोकस क्यामेरा र पछाडि ८ मेगापिक्सेलको क्यामेरा रहेको ओट्टो मार्कमा छिटो चार्ज् हुने ३८४५ मिलि यम्पियरको ब्याट्री रहेको छ । ओट्टो मार्कमा मिडियाटेक ६४ बीटको क्वाड कोर प्रोसेसर रहेको छ । एन्ड्रोइड मार्सेमलो अपरेटिङ सिस्टमबाट चल्ने यो फोनमा दुईवटा सीम, फोरजी, थ्रीजी, डब्लुसीडीएमए र जीएससएम सुबिधा रहेका छन् ।
ओट्टो मार्कको पछाडि फिंगरपि्रन्ट सेन्सर र गेरोस्पेश सेन्सर पनि रहेको छ जुन गेमिङ्ग र भर्चुअल रियालिटीमा उपयोगी छ । यसमा अल्ट्रा डाटा सेभिङ मोड छ जसले फोरजीको खर्च बचाउनमा मद्दत गर्दछ । ओट्टो मार्कको बजार मूल्य रु. १९ हजार ९ सय ९६ रहेको छ । यो गुणस्तरीय मध्य वर्गका स्मार्टफोनमा प्रतिस्पर्धि छ ।
ओट्टो मार्क काठमाडौँ शहरको मूख्य मोबाइल पसलहरुमा उपलब्ध छन् । यसको ग्राहक सेवा केन्द्र सिभिल मल, सुन्धाराको चौथो तल्लामा रहेको नेपालका लागि आधिकारिक वितरक जयमा इन्टरनेशनलले जनाएको छ ।

Post a Comment

Powered by Blogger.