
राजु पोख्रेल
गौरादह / ८ वर्ष पछि हुन गहिरहेको स्वतन्त्र विद्यार्थी युनियनको निवाचर्नमा झापाको गौरादहमा रहेको गौरादह बहुमुखी क्याम्पसमा एमाले निकट विद्यार्थी सगंठन अनेरास्ववियुले जित्ने निश्चित भएको छ । विभिन्न तरिकाबाट गरिएको नमुना मत सवेक्षणले अखिलका उमेद्ववार नियमित रुपमा क्याम्पस जाने विद्यार्थीहरुको हरेक समस्यामा सहयोग गर्ने छात्रवृद्वी लगायतका अन्य सहयोगमा अग्रणी भुमिकामा रहेको भएकाले पनि यस पटकको निर्वाचनमा अखिल पहिलो रोजाइमा परेको गौरादह क्याम्पसमा अध्ययनरत एक विद्यार्थी कृतिका काफ्ले बताउछिन । यो कुराले पनि यस पटकको स्ववियु निर्वाचनमा गौरादह बहुमुखी क्याम्पसमा अखिल पहिलो शक्तिको रुपमा स्थापित हुने देखिन्छ । फेरी अखिलका उम्मेदवारहरुमा कुनै पनि प्रकारको समस्या नरहेको र आम गौरादहका विद्यार्थी र अभिभावकमा पनि लोकप्रिय रहेकाले पनि जित्ने आधार प्रस्ट रहेको छ । अनेरास्ववियुले गौरादह क्याम्पसमा कमल पौडेल नेर्तित्वमा ११ सदस्यीय उम्मेदवार उठाएको छ । जसमा प्रत्यक्ष तर्फ ७ र समानुपातिकमा ४ जना रहने छन् । प्रत्यक्षतर्फका उम्मेदवारहरुमा सचिव र कोषाध्यक्षमा क्रमस झलनाथ ढुङ्गगाना (कविन) र मेनुका पाठक रहेका छन भने सदस्यहरुमा गँगा देवि पोख्रेल सृजना राजवंशी प्रलाद कार्की र प्रदिप धमला हुन भने समानुपातीकमा संगठनले पाएको मतको आधारमा टुङगो लाग्ने बताइएको छ । अनेरास्ववियुका तर्फवाटका उम्मेद्वार कमल, कविन र मेनुका कलेजका कलेज टपर हुन । एक विद्यार्थी दिपेद्र खतिवडा भन्छन “अखिलका उम्मेद्वार पठाइमा पनि अब्बल, विगत देखि हालसम्म कलेज र विद्यार्थीका समस्यासँग नजिक रहेको र कलेजका नियमित विद्यार्थी हुन तर अन्य संगठनका उम्मेद्वार कलेजमा नियमित विद्यार्थी नभएको र संगठन पनि नरहेको हाल आएर चुनावका लागि मात्र संगठन निमार्ण गरेकाले अखिलले जित्नेमा आफु ढुक्क रहेको बताउछन् ।” जे होस यसको परिणामका लागि भोलि सम्म पख्र्नु पर्ने भएको छ ।
Post a Comment